
कोलकाता, 27 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउको तयारी अन्तर्गत भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो रणनीतिहरूमाथि द्रूत गतिमा काम गरिरहेको छ। पार्टीले ती विधानसभा क्षेत्रहरूमाथि विशेष ध्यान केन्द्रित गर्न शुरू गरेको छ जहाँ पछिल्लो चुनाउमा थोरै मात्र अन्तरले पार्टी उम्मेद्वार परास्त भएको थियो।
पार्टीको राज्य नेतृत्वले एउटा मानदण्ड तय गरेको छ जसान्तर्गत ती सीटहरूलाई चिन्हित गरिँदैछ जहाँ वर्ष 2021-को विधानसभा चुनाउ र वर्ष 2024-को लोकसभा चुनाउको विधानसभा क्षेत्रगत परिणाममा हारको अन्तर 10 हजारभन्दा कम भोट थियो।
भारतीय जनता पार्टीको राज्य समितिका एक जना सदस्य अनुसार वर्ष 2024- को लोकसभा चुनाउमा सीटहरूको संख्या वर्ष 2019-भन्दा कम भएपनि विधानसभा क्षेत्रगत प्रदर्शन वर्ष 2021-को विधानसभा चुनाउभन्दा श्रेष्ठ थियो। 294 वटा विधानसभा क्षेत्रहरूको परिणालाई विस्तार पूर्वक अध्ययन गरेपछि यस्ता क्षेत्रहरूको पहिचान गरिएको छ जहाँ हारको अन्तर धेरै कम थियो। अब यी सीटहरूमाथि विशेष रणनीति अन्तर्गत काम गरिँदैछ।
2021 सालको विधानसभा चुनाउमा भारतीय जनता पार्टी 77 वटा सीट जितेर राज्यको सबैभन्दा ठूलो विपक्षी पार्टी भएको थियो भने 2024 सालको लोकसभा चुनाउको विधानसभा क्षेत्रगत विश्लेषणमा यो देखियो कि 90 वटा विधानसभा क्षेत्रमा भाजपाका उम्मेद्वारहरू तृणमूल कंग्रेसभन्दा अगाड़ी थिए। पश्चिम बंगालमा सरकार बनाउनको लागि 148 वटा सीटको आँकड़ा आवश्यक हुन्छ।
यसबीच पार्टी नेतृत्वले विशेष गहन पुनरीक्षण प्रक्रियामाथि पनि नजिकबाट नजर राखिरहेको छ। यस प्रक्रिया अन्तर्गत मतदाता सूचीबाट नाम हटाइँदैछ। 16 दिसम्बरमा जारी प्रारूप मतदाता सूचीमा 58.20 लाख मतदाताहरूको नाम हटाइसकिएको थियो। दाबी एवं आपत्तिहरूको सुनवाई प्रक्रिया शुरू भइसकेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका मतदाताहरूको संख्या एक कड़ोरभन्दा अधिक हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा