
-ब्यांकबाट लिएका थिए 50 लाख रुपियाँको ऋण
कोलकाता, 27 दिसम्बर (हि.स.)। पश्चिम बंगालको पूर्व बर्दवान जिल्ला अन्तर्गत कटवा विधानसभा क्षेत्रका बूथ लेभल अफिसर (बीएलओ) अमित कुमार मण्डल बितेका चार दिनदेखिको बेपत्ता छन्। उनको परिवारले थानामा बेपत्ता भएको सिकायत दर्ता गराएको थियो जसपश्चात चुनाउ आयोगले जिल्ला पुलिससित यस मामिलामा विस्तृत रिपोर्ट मागेको थियो। त्यसैले बंगाल पुलिसले यस मामिलामा आफ्नो रिपोर्ट चुनाउ आयोगलाई सुम्पिएको छ। पुलिसले स्पष्ट पारेको छ, उनी बेपत्ता हुनु एसआईआरको कामको दबावले गर्दा होइन।
पुलिस रिपोर्ट मुताविक अमित कुमार मण्डलले एउटा ब्यांकबाट लगभग 50 लाख रुपियाँ ऋण लिएका थिए। यस रकमलाई उनले शेयर बजारमा निवेश गरे, तर ठूलो नोक्सान भएको कारणले उनीमाथि ऋणको बोझ बढ़्यो। पुलिसको मान्यता छ, यसै आर्थिक संकटको कारणले उनी घरबाट बेपत्ता भएका हुन्।
पुलिस सूत्र अनुसार रिपोर्टमा यो पनि बताइएको छ, कटवा एक ब्लकको खजुरडिही पञ्चायत अन्तर्गत बिकिहाट निवासीअमित कुमार मण्डल पेशाले शिक्षक हुन् जो केतुग्रामको उद्धारणपुर प्राथमिक विद्यालयमा कार्यरत् छन्।
परिवार अनुसार गत 23 दिसम्बरको बिहान लगभग 10 बजे अमित बजारदेखि घरमा आएका थिए। उनले मोटरसाइकल राख्दै भने, उनलाई बीएलओसित सम्बन्धित एक बैठकमा जानुछ। त्यसपछि उनी घरबाट गए, तर फर्केर आएनन्। अबेर साँझसम्म पनि कुनै सम्पर्क हुन नसकेको कारणले परिवार चिन्तित भयो।
खोजी गर्दा उनको मोबाइल फोन, बीएलओ पहिचान पत्र औ एसआईआरसित सम्बन्धित कागजपत्रहरू घरमै भेटियो। आफन्त एवं परिचितहरूको घरमा खोजी गर्दा कुनै सुइँको पाइएन। त्यसैले त्यै राती कटवा थानामा उनी हराएको रिपोर्ट दर्ता गरियो।
परिवारले पुलिसलाई यो पनि बतायो, बीएलओको जिम्मेवारी सम्हालेपछि अमित मानसिक तनाउमा थिए। तथापि पुलिस जाँचमा थाहा लाग्यो, असली कारम आर्थिक संकट र ऋणको दबाव थियो। भनिन्छ, बूथ नम्बर 23- मा 641 मतदाताहरू छन् भने अमितले 33 जना मतदाताहरूलाई सुनवाईको लागि नोटिस जारी गरेका थिए।
अमित बेपत्ता भएको कारणले प्रशासनिक कामकाज पनि प्रभावित भएको छ। सूत्रानुसार यदि तय समयसम्म उनलाई भेटिएन भने उनको अधुरो कार्यलाई पूरा गर्नको लागि अन्य अधिकारीलाई नियुक्ति गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा