भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीनले गरे मॉं कामाख्याको दर्शन
nitin nabin


गुवाहाटी, 27 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीनले शनिवार नीलाञ्चल पहाड़स्थित प्रसिद्ध शक्तिपीठमा उनले मॉं कामाख्यासॅंग देशको समृद्धि, जनकल्याण र सामाजिक सौहार्दको लागि प्रार्थना गरे।

मन्दिर दर्शनको क्रममा नितिन नबीनको साथमा असम भाजपाका वरिष्ठ नेताहरू र पदाधिकारीहरू पनि उपस्थित थिए। मन्दिर प्रशासनको तर्फबाट उनलाई दर्शन गराइयो र विधिवत पूजा अचर्ना गराइयो। यस दर्शनलाई उनको असम प्रवासको एक महत्वपूर्ण भाग मानिएको छ।

उल्लेखनीय छ, राष्ट्रिय कार्यकारी अध्यक्षको पदभार सम्हालेपछि नितिन नबीनको पहिलो असम भ्रमण हो। आफ्नो प्रवासको क्रममा उनले विभिन्न संगठनात्मक बैठकहरूमा हिस्सा लिनेछन् र पार्टी कार्यकर्ताहरूसॅंग संवाद गरिरहेका छन्। शुक्रवार उनले श्रीमान शंकर देव कला क्षेत्रको अन्तरराष्ट्रिय प्रेक्षागृहमा आयोजित पार्टीको कार्यकारिणी बैठकमा भाग लिए। राति उनले भाजपा कार्यालयमा आयोजित पार्टीको कोर कमिटीको बैठकमा भाग लिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande