
नयॉं दिल्ली, 27 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार श्री गुरु गोबिन्द सिंह जीको पावन प्रकाश उत्सवमा उनलाई श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्रीले भने, गुरु गोबिन्द सिंह जी साहस, करुणा र बलिदानका प्रतीक हुन्। उनका जीवन र शिक्षाहरूले हामीलाई सत्य, न्याय, धर्म र मानव गरिमाको रक्षा गर्न प्रेरित गर्दछ। गुरु जीको दृष्टिकोणले पुस्तौंलाई सेवा र नि:स्वार्थ कर्तव्यको लागि मार्गदर्शन गर्दै आएको छ।
प्रधानमन्त्रीले सोशल मिडिया मञ्च एक्समा भने, श्री गुरु गोबिन्द सिंह जीको पावन प्रकाश उत्सवमा हामी उहॉंप्रति श्रद्धापूर्वक नमन गर्दछौं। उहॉं साहस, करुणा र बलिदानका प्रतीक हुन्। उहॉंको जीवन र शिक्षाहरूले हामीलाई सत्य, न्याय, धर्म र मानव गरिमाको रक्षाका लागि प्ररित गर्छन्। गुरु जीका दृष्टिकोणले पुस्तौंलाई सेवा र नि:स्वार्थ कर्तव्यको लागि मार्गदर्शन गर्दै आएको छ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा यस वर्षको शुरुवातमा गरिएको तख्त श्रभ् हरिमन्दिर जी पटना साहिबको भ्रमणको उल्लेख गर्दै त्यहॉं उनले श्री गुरु गोबिन्द सिंज जी र माता साहिब कौर जीको पवित्र जोर साहिबको दर्शन गरेको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी