प्रधानमन्त्रीले नेताजी सुभाषचन्द्र बोसलाई स्मरण गरे, पोर्ट ब्लेयरमा तिरंगा फहराएको ऐतिहासिक घटना उल्लेख गरे
pm modi


नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नेताजी सुभाषचन्द्र बोसलाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीले स्मरण गराउँदै आजभन्दा ठीक ८२ वर्षअघि अर्थात् ३० दिसम्बर, १९४३ का दिन नेताजीले अण्डमान तथा निकोबार द्वीपसमूहको राजधानी पोर्ट ब्लेयरमा साहस र पराक्रमका साथ भारतीय तिरंगा फहराएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखे, “आजकै दिन ३० दिसम्बर, १९४३ मा नेताजी सुभाषचन्द्र बोसले पोर्ट ब्लेयरमा साहस र पराक्रमका साथ तिरंगा फहराउनुभएको थियो। त्यो क्षणले हामीलाई सम्झाउँछ कि स्वतन्त्रता केवल आकांक्षाबाट होइन, क्षमता, परिश्रम, न्याय र संगठित संकल्पबाट आकार लिन्छ। आजको सुभाषितले यही भाव व्यक्त गर्दछ।”

यसका साथै प्रधानमन्त्रीले एक संस्कृत सुभाषित पनि साझा गरेका छन्:

सामर्थ्यमूलं स्वातन्त्र्यं श्रममूलं च वैभवम्।न्यायमूलं सुराज्यं स्यात् सङ्घमूलं महाबलम् ॥

यसको अर्थ, स्वतन्त्रताको मूल आधार सामर्थ्य हो, वैभवको आधार परिश्रम हो, सुशासनको आधार न्याय हो र महान शक्तिको आधार संगठन हो।

उल्लेखनीय छ, यो ऐतिहासिक घटना दोस्रो विश्वयुद्धका क्रममा भएको थियो, जब जापानी सेनाको सहयोगमा नेताजीको आजाद हिन्द फौजले अण्डमानमा नियन्त्रण कायम गरी त्यहाँ तिरंगा फहराउँदै यस क्षेत्रलाई ब्रिटिश शासनबाट मुक्त भारतीय भू–भाग घोषणा गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande