
कार्बी आंगलोंग (असम), 31 दिसम्बर (हि.स.)। वर्षको अन्तिम दिन बुधवारको बिहान डिफुमा एक मृतदेह भेटिएको घटनाले व्यापक कोकोहोलो मचिएको छ।
मृतदेह एक निर्माणाधिन सड़कको नालामा भेटिएको छ। जानकारी अनुसार, प्रातः भ्रमणमा हिँड़ेका मानिसहरूले बाइकसितै एक जना मानिसलाई नालीमा लड़िरहेको देखे। त्यसपछि तत्कालै पुलिसलाई सूचित गरियो।
मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर जाँच शुरू गरेको छ। मामिलाको विस्तृत जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा