बोक्सीको शंकामा दम्पत्तिलाई जिउँदै जलाइयो, अन्धविश्वासको भयंकर चित्र
बोक्सीको शंकामा दम्पत्तिलाई जिउँदै जलाइयो, अन्धविश्वासको भयंकर चित्र


कार्बी आंगलोंग (असम), 31 दिसम्बर (हि.स.)। असमको हावड़ाघाट क्षेत्रमा अन्धविश्वाससित सम्बन्धित एक हृदयविदारक घटना सामु आएको छ जहाँ बोक्सीको शंकामा एक दम्पत्तिलाई जिउँदै जलाएर मारियो। यस नृशंस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा भय अनि आक्रोश व्याप्त भएको छ।

पुलिसले आज बतायो, मृतकहरिको पहिचान गार्दी बिरूवा र उनकी पत्नी मीरा बिरूवाको रूपमा भएको छ। आरोप छ, केही मानिसहरूले दुवैलाई उनीहरूको घरभित्रै आगो लगाइदिए जसले गर्दा उनीहरूको घटनास्थलमै पीड़ादायी मृत्यु भयो। घटनापछि स्थानीय मानिसहरूमा व्यापक सन्त्राष फैलिएको छ।

सूत्र मुताविक गाउँमा विगत लामो समयदेखिकै अन्धविश्वास र झारफुक जस्तो अफवाह फैलिएको थियो जसले गर्दा उक्त दम्पत्तिलाई लक्षित गरियो। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। पुलिसले बतायो, दोषीहरूलाई चिन्हित गरी कड़ा कारबाही गरिनेछ।

यो घटनाले फेरि एकपटक समाजमा फैलिएको अन्धविश्वासको खतरनाक परिणामलाई उजागार गर्दछ जहाँ निर्दोष मानिसहरूलाई ज्यान गुमाउन परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande