
गुवाहाटी, 31 दिसम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले ड्रग्स सेवन गर्ने चार जना युवकहरूलाई रिह्याबिलिटेशन सेन्टरमा पठाइदिएको छ भने एक जना ड्रग्स तस्करलाई पक्राउ गरेको छ।
वशिष्ठ पुलिसको एक टीमले गुप्त जानकारीको आधारमा खानपाड़ामा खोजी अभियान संचालन गरी तीन जना ड्रग्स सेवन गर्ने युवकहरूलाई अनि एक जना तस्करलाई आफ्नो कस्टडीमा लियो। यीमध्ये तीनजना युवकहरूलाई रिह्याबिलिटेशन सेन्टरमा पठाइयो।
त्यसपछि संचालित अभियानमा खानापारा री-भोई, मेघालयको री-भोई जिल्लान्तर्गत खानापाड़ाबाट एक जना कुख्यात ड्रग्स तस्कर राहुल बरुवा उपनाम प्रवीण (32)-लाई पक्राउ गरियो। उबाट दुई वटा तम्बाकूको डब्बामा प्याक गरिएको 28.36 ग्राम हेरोइन अनि 20 वटा खाली प्लास्टिकको शीशिहरू जफत गरियो।
घटनाको सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा