चोरहरूले बन्द घऱलाई बनाए तारो, नगदी र गहना चोरी
चोरहरूले बन्द घऱलाई बनाए तारो, नगदी र गहना चोरी


यमुनानगर, 31 दिसम्बर (हि.स.)। यमुनानगर शहरको महावीर कोलोनीमा रहेको बन्द घरमा अज्ञात चोरहरूले पसेर नगदी र बहुमूल्य गरगहना चोरेका छन्। घटनाबारे थाहा पाएपछि यमुनानगर शहर थाना पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

उजुरीमा राकेश ग्रोभरले 27 दिसम्बरमा आफ्नो परिवारसँग बाहिर गएको बताएका छन्। 29 दिसम्बरमा घर फर्किँदा उनीहरूले मुख्य ढोकाको ताला फुटेको पाए। भित्र पस्दा उनीहरूले घरका समानहरू अस्तव्यस्त अवस्थामा पाए। अनुसन्धानमा चोरहरूले लगभग 22 हजार रूपियाँ नगदी, लगभग नौ तोला सुनका गरगहना र 50 ग्राम चाँदीका गरगहना चोरेको खुलासा भएको छ। पुलिस अधिकारीहरू अनुसार, आरोपीलाई पहिचान गर्न र पक्राउ गर्न नजिकैको सीसीटीभी क्यामेराको फुटेज जाँच भइरहेको छ। पुलिसले बुधवार मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande