
सिलगढ़ी, 31 दिसम्बर (हि.स)। सिलगढ़ीमा नयाँ वर्षको उत्सवलाई लिएर मेट्रोपोलिटन पुलिस पूर्ण रूपमा अलर्ट मोडमा छ। 31 दिसम्बरदेखि 01 जनवरीसम्म शहरमा डेढ़ हजारभन्दा अधिक पुलिसकर्मीहरूलाई तैनाथ गरिनेछ। महिला सुरक्षाको लागि सयभन्दा अधिक महिला पुलिस, विनर्स औ पिंक पेट्रोलिंग भ्यान तैनाथ रहनेछ।
शहरका डीसीपी तन्मय सरकारले उक्त आशयको जानकारी गराउँदै भने, नयाँ वर्षमा ट्राफिक नियमहरूलाई कड़ाई पूर्वक पालन गराइनेछ। रक्सी खाएर वाहन हाँक्ने अनि हेलमेट बिना दुईचक्के हाँक्नेहरूमाथि कड़ा कारबाही तथा चालान काटिनेछ। सड़क दुर्घटनाहरूलाई रोक्नको लागि ट्राफिक पुलिस रातभरि ड्यूटीमा तैनाथ रहनेछ।
पुलिसले बार तथा रेस्टोरेन्ट प्रबन्धनसित नियमहरूलाई पालन गर्ने, ब्रेथ एनालाइजर राख्ने औ ओभर ड्रिंक गर्नेहरूको लागि सुरक्षित घर पुऱ्याउने व्यवस्था गर्ने अपील गरेको छ। डीसीपीले भने, शान्तिपूर्ण तथा सुरक्षित नव वर्ष समारोहको लागि कड़ा सुरक्षा बन्दोबस्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा