केन्द्रिय बजेटमा मध्यम वर्गलाई ठूलो भेट, 12 लाख रूपियाँको आयमा कुनै ट्याक्स लाग्नेछैन
nirmala sitharaman


नयाँ दिल्ली, 01 फरवरी (हि.स.)। वित्त मन्त्री निर्मला सीतारमणले शनिवार संसदमा पेश गरेको केन्द्रिय बजेट 2025-26 मा मध्यम वर्गलाई ठूलो भेट दिइन्। उनले भनिन्, अब 12 लाख रूपियाँसम्मको इनकममा कुनै आयकर दिनुपर्नेछैन भनी घोषणा गर्दा मलाई धेरै खुशी लागिरहेको छ।

केन्द्रिय वित्तमन्त्रीले नयाँ ट्याक्स स्ल्याबको घोषणा गर्दै भनिन्, यसबाट मध्यम वर्गले देशको अर्थव्यवस्थालाई बल दिनेछ। हामीले मध्यम वर्गमाथि ट्याक्स कम गरेका छौं। अब 12 लाख रूपियाँसम्मको इनकममा कुनै ट्याक्स दिनुपर्ने छैन। जुलाई 2024 को बजेटमा विवरण दर्ता गर्ने नियत मितिसम्म टीडीएसको भुकतानमा ढिलाईलाई अपराधको श्रेणीबाट बाहिर गरिएको छ।

उनले भनिन्, बीमा क्षेत्रको निम्ति प्रत्यक्ष विदेशी निवेश (एफडीआई) सीमा 74 देखि बढ़ाएर 100 प्रतिशत गरिनेछ। यो बढ़ेको सीमा ती कम्पनीहरूको निम्ति उपलब्ध हुनेछ, जसले भारतमा पूरा प्रीमियम निवेश गर्छन्। विदेशी निवेशसित जोड़िएको वर्तमान सुरक्षा र शर्तहरूको समीक्षा गरिनेछ र त्यसलाई सरल बनाइनेछ। जुलाई 2024 को बजेटमा घोषित सीमा शुल्क दरहरूको संरचनाको व्यापक समीक्षाको एक भागको रूपमा म 7 टारिफ दरहरूलाई हटाउने प्रस्ताव गर्दछु, जुन 2023-24 को केन्द्रिय बजेटमा हटाइएको टारिफ अतिरिक्त हो।

सीतारमणले भनिन्, म 82 टारिफ लाइनहरूमा सामाजिक कल्याण अधिभारदेखि छूट दिने प्रस्ताव गर्दछु, जुन अपकरको अधीन छ। सीतारमणले बजेट भाषणमा भनिन्, क्यान्सर, दीर्घकालिक वा अन्य गम्भीर रोगहरूले पीड़ित मानिसहरूका लागि म 36 जीवन रक्षक दवाईहरूलाई मूल सीमा शुल्कबाट पूर्ण रूपमा छूट भएका दवाईहरूको सूचीमा जोड्ने प्रस्ताव गर्दछु।

उनले भनिन्, यस सफलताले प्रेरित भएर 120 नयाँ गन्तव्यहरूसम्म क्षेत्रीय सम्पर्क बढ़ाउने र आगामी 10 वर्षमा 4 करोड़ अतिरिक्त यात्रीहरू लैजानका लागि संशोधित उड़ान योजना शुरू गरिनेछ। यो योजनाले पहाड़ी, आकांक्षी र पूर्वोत्तर क्षेत्रीय जिल्लाहरूमा हेलीप्याड र साना हवाई अड्डाहरूको पनि समर्थन गर्नेछ। राज्यको भविष्यको आवश्यहरूलाई पूरा गर्न बिहारमा ग्रीनफील्ड हवाई अड्डाहरूको सुविधा दिइनेछ। मिथिलाञ्चलमा पश्चिमी कोसी नहर ईआरएम परियोजनाको निम्ति वित्तीय सहायता प्रदान गरिनेछ, जसबाट बिहारको मिथिलाञ्चल क्षेत्रका भारी संख्यामा किसानहरूलाई लाभ हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande