मुम्बई, 14 मार्च (हि.स.)। जलगाउँ जिल्लामा बोडवड़ क्षेत्रमा शुक्रवार बिहानै रेलवे गेटलाई तोड्दै एउटा ट्रक त्यही समय त्यहाँबाट गइऱहेको अमरावती एक्सप्रेससित ठोकियो। घटनापछि ट्रक चालक भाग्यो। ट्रक अमरावती एक्सप्रेसको इन्जिनमा फंस्यो र केही टाढ़ा गएर ट्रेन रोक्यो। घटनास्थलमा रेलवे ट्र्याक क्षतिग्रस्त भएको छ, जसबाट तीन रेलमार्गहरूलाई बदलिएको छ तथा दुई यात्री सेवाहरू रद्द गरिएको छ। घटनास्थलमा रेलवेको आपातकालीन सेवाहरू मरम्मती कार्य चलिरहेको छ।
बोड़वड़ पुलिस स्टेशनका पुलिस निरीक्षक अनिल भोलले भने, आज बिहानै तमिलनाडूदेखि मुक्ताईनगर गइरहेको ट्रक बोड़वड़मा रेलवे गेटलाई भत्काउँदै रेलवे ट्र्याकमा आयो। त्यही समय तीव्र रफ्तारमा गइऱहेको अमरावती एक्सप्रेससित ट्रक ठोकियो। इन्जिन क्षतिग्रस्त भएपछि ट्रेन केही टाढ़ा गएर रोकियो। यद्यपि, ट्रक चालक घटना हुन अगावै ट्रकबाट हाम फालेर भाग्यो। पुलिसले ट्रक चालकलाई खोजीरहेको छ।
रेलवे जनसम्पर्क अधिकारीले भने, दुर्घटना यति भीषण थियो कि ट्रकको आधा हिस्सा रेल इन्जिनमुनि फंस्यो। यसैले त्यसलाई हटाउन क्रेन जेसीबीलाई बोलाइयो र ट्रकलाई हटाउने प्रयास गरियो। साथै क्षेत्रमा बिजुली आपूर्तिलाई तत्काल बन्द गरियो। यसबाट महाराष्ट्र एक्सप्रेस, नवजीवन एक्सप्रेस, दुरन्तो एक्सप्रेसको मार्गमा परिवर्तन गरिएको छ जबकि भुसावल बडनेरा र बडनेरा नरखेड़ा जाने पेसेन्जर ट्रेनहरूलाई रद्द गरिएको छ। केही ट्रेनहरूलाई वरणगांव भुसावलमै रोकिएको छ। ट्रकलाई ग्यास कटरले काँट्ने काम शुरू भएको छ, जेसीबीको मद्दतले ट्रकलाई हटाउने प्रय़ास जारी छ। दुर्घटनामा क्षतिग्रस्त रेल इन्जिनलाई मरम्तीको निम्ति पठाइनेछ र अमरावती एक्सप्रेसमा नयाँ इन्जिन गाएर अगाड़ी पठाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी