नयाँ दिल्ली, 14 मार्च (हि.स.)। भारतीय तटरक्षक बल (आईसीजी) ले तमिलनाडूको रामेश्वरममा वार्षिक दुई दिवसीय उत्सवको निम्ति कच्चातिवु द्वीपको यात्रा गर्ने मछुआराहरूको सुरक्षाको निम्ति जहाज र एक विमान तैनात गरेको छ। हरेक साल हुने कच्चातिवु उत्सव यस वर्ष 14 एवं 15 मार्चमा भइऱहेको छ, जसमा कूल 3,421 तीर्थयात्री श्रीलंकाई द्वीप कच्चातिवु गइरहेका छन्। आईसीजीले भारतीय तीर्थयात्रीहरूलाई सुरक्षित रूपमा श्रीलंकाई नौसेनालाई सुम्पिनेछ र भोली पल्ट पुनः लिएर फर्किनेछ।
सेन्ट एन्टनी चर्चमा आईसीजी स्टेशन मण्डपमको कमान्डिङ अफिसर कमोडोर बी विनय कुमारले भने, सुरक्षाको मध्यनजर सबै प्रबन्ध गरिएको छ। आईसीजीले सुनिश्चित गरेको छ कि सबै तीर्थ यात्री पूरा अवधिमा जीवन रक्षक ज्याकेट लगाउनेछन्।
उनले भने, अतिरिक्त सुरक्षाको निम्ति हामी आफ्नो क्षमताभन्दा डेढ़ गुणा धेरै लाइफ ज्याकेट राख्छौं तर मौसम खराब भएको स्थितिमा कुनैपनि सम्भावित स्थितिको सामना गर्न अतिरिक्त ज्याकेट पनि राख्नेछौं। यस बाहेक हाम्रा जहाजमा बुनियादी चिकित्सा सुविधा पनि छ। आईसीजी अधिकारी अनुसार, 2023 मा लगभग 2,700तीर्थयात्री उत्सवको निम्ति द्वीपमा आएका थिए तर यस पाली यो संख्या बढ़ेर 3,421 भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी