वाराणसी, 14 मार्च (हि.स.)। बाबा विश्वनाथको नगरीमा शुक्रवार चारैतिर रंगहरूको पर्व होलीको सतरंगी धुम देखियो। गाउँ, शहरदेखि लिएर गंगा घाटहरूसम्म मानिसहरूले रंग-अबिरमा भिजेर एक-अर्कालाई रंग लगाइऱहेका छन्। रंगोत्सवको उल्लास चारैतिर देखिँदैछ। महापर्वमा पूरा शहरमा सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ। संवेदनशील ठाउँहरूमा विशेष चौकसी गरिँदैछ।
बिहान श्रीकाशी विश्वनाथ मन्दिरमा शिवभक्तहरूले बाबासित होली खेले। शहरका अन्य मन्दिरहरूमा पनि देवी-देवताहरूको साथ श्रद्धालुहरूले होली खेले। दर्शनार्थीहरूले बाबा विश्वनाथ, कालभैरव, संकटमोचन, माँ अन्नापूर्णा, दुर्गा मन्दिर समेत सबै मन्दिरहरूमा रंगोत्सवको पहिलो अबिर अर्पित गरे। काशीको परम्परानुसार चौसठ्ठी घाट स्थित चौसठ्ठी माताको मन्दिरमा श्रद्धालुहरूको लामो कतार लाकेको थियो र मन्दिरमा अबिर चढ़ाएपछि मानिसहरूले होली खेले।
हिन्दुस्थान समाचार / भवानी थामी