आतङ्कवादलाई लिएर भारतको पाकिस्तानलाई कड़ा सन्देश
भारत


नयाँ दिल्ली, 14 मार्च (हि.स.)। विदेश मन्त्रालयले एक पल्ट फेरि पाकिस्तानको तर्फबाट यहाँ हुने आतङ्की गतिविधिहरूका लागि भारतमाथि दोषारोपण गर्ने रबैयाको आलोचना गरेको छ। भारतको भऩाई छ, आफ्नो आन्तरिक समस्याहरू र असफलताहरूको निम्ति अरूमाथि औंला उठाउनको सट्टा छिमेकी देशले आफूभित्र नियालेर हेर्नुपर्छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रवार एक बयानमा भने, हामी पाकिस्तानद्वारा लगाइएका निराधार आरोपहरूलाई दृढ़ताको साथ खारेज गर्दछौं। पूरा विश्वलाई थाहा छ, वैश्विक आतङ्कवादको केन्द्र कहाँ छ। पाकिस्तानले आफ्नो आन्तरिक समस्याहरू र असफलताहरूका लागि अरूमाथि औंला उठाउन र दोषारोपण गर्नको सट्टा आफूभित्र नियालेर हेर्नुपर्छ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता शफकल अली खानले हालमा त्यहाँ ट्रेन हाईज्याकको घटनामा भनेका थिए कि आतङ्की अफगानिस्तानमा बसेका आफ्ना मुखियाहरूको सम्पर्कमा थिए। के पाकिस्तानले बलूच लिबरेशन आर्मी (बीएलए) को गतिविधिको निम्ति अतीतमा भारतलाई दोषी ठहर गर्ने आफ्नो नीतिलाई बदलेको छ भन्ने प्रश्नको जवाफमा भनेका थिए कि भारत विरूद्ध उसको आरोप आज पनि कायम छ। हाम्रो नीतिमा कुनै बदलाव भएको छैन। भारत पाकिस्तान विरूद्ध आतङ्कवादलाई प्रायोजित गर्नमा सामेल छ। हामी यस विशेष घटनामा यही भन्न चाहन्छौं कि हामीसित आतङ्कीहरू अफगानिस्तानको सम्पर्कमा रहेको पर्याप्त साक्ष्य छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande