युद्धपोत 'रणवीर' ले बंगालको खाड़ीमा बांग्लादेशी जहाजको साथ गऱ्यो समन्वित गश्ती
रण


नयाँ दिल्ली, 14 मार्च (हि.स.)। भारत-बांग्लादेश नौसैन्य अभ्यास बोंगोसागर र बंगालको खाड़ीमा यस हप्ता समन्वित गश्तीको आय़ोजन गरियो। यस अभ्यासमा भारतीय नौसेनाको तर्फबाट आईएनएस रणवीर र बांग्लादेशको नौसेनाको तर्फबाट बीएनएस अबू उबैदाले भाग लियो। यस अभ्यासले दुवै देशको नौसेनाबीच आपसी सहभागिता र युद्धक क्षमता बढ़ेको छ।

साथै साझा समुद्री सुरक्षा चुनौतीहरूको सहयोगात्मक प्रतिक्रियामा आवश्यक प्रगति भएको छ। यस अभ्यासको प्रमुख गतिविधिहरूमा सतहमा गोलीबारी, सामरिक युद्धाभ्यास, प्रक्रियागत पुनःपूर्ति कारबाही, विजिट-बोर्ड-सर्च-सीजर (वीबीएसएस) क्रस बोर्डिङ, संचार अभ्यास, अप्स टीम र जूनियर अधिकारीहरूको निम्ति व्यावसायिक विषयहरू तथा स्टीम पास्टमा प्रश्नोत्तरी सहित धेरै महत्वपूर्ण अपरेशन सामेल थिए। यस अभ्यासले दुवै देशको नौसेनालाई निर्बाध समुद्री संचालनको निम्ति सामरिक योजना, समन्वय र सूचना साझाकरणमा घनिष्ठ सम्बन्ध विकसित गर्ने अवसर प्रदान गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande