चण्डीगढ़, 14 मार्च (हि.स.)। पञ्जाबमा चण्डीगढ़-जीरकपुर बर्डरमा लगाइएको नाकामा भएको दुर्घटनामा दुई पुलिसकर्मी समेत तीन व्यक्तिको मृत्यु भयो। घटना आज बिहान भएको हो। आरोपीलाई पक्राउ गरिएको छ। पुलिस अनुसार, होलीको कारण जीरकपुर बर्डरमा नाका लगाइएको थियो। बिहान नाकामा तैनात कन्स्टेबल सुखदर्शन र भोलेन्टियर राजेशले चेकिङको निम्ति बलेनो गाड़ी रोके थिए। तब अचानक पछाड़ीबाट तीव्र रफ्तार पोलो कार आयो। उसले बलेनो गाड़ी र नाकामा खड़ा पुलिसकर्मीहरूलाई ठक्कर दियो। यस अवधि कार चालक पनि पुलिसको साथ खड़ा थियो, यस दुर्घटनामा तीन जना कारको चपेटमा परे। पुलिसले सुरक्षाको निम्ति नाकामा काटिले तार लगाएको थियो, तीनै उछिटिएर तारहरूमा फंसे औं उनीहरूको शरीरको टुक्रा भयो।
आरोपी चालक आफ्नो कार घटनास्थलमै छोड़ेर भाग्यो। यसपछि पुलिसले वरिपरिका क्षेत्रहरूमा सीसीटीभी क्यामराको जाँच शुरू गऱ्यो। कारको नम्बरको आधारमा पुलिसले आरोपीको पहिचान गऱ्यो र उसलाई पक्राउ गऱ्यो। आऱोपीको पहिचान चण्डीगढ़को हल्लोमाजरा निवासी गोविन्दको रूपमा भएको छ। जानकारी अनुसार, जब उसले तीनैलाई कुल्च्यो, उ नशामा थियो। पुलिसले उसको मेडिकल गराएको छ।
मृतकहरूमा कन्स्टेब सुखदर्शन, होमगार्ड भोलेन्टियर राजेश र समर्थ दुआ नामको एक व्यक्ति सामेल छ। सूचना पाउनसाथ चण्डीगढ़का एसएसपी कंवरदीप कौर स्वयं घटनास्थलमा पुगिन् औं घटनाको जायजा लिइन्। मृतक कन्स्टेबल सुखदर्शनकी पत्नी रेनु पनि चण्डीगढ़ पुलिसमै छिन्। उ सेक्टर-19 पुलिस स्टेशनमा तैनात छिन्। होमगार्ड राजेश पञ्जाबको गुरदासपुरको निवासी थिए। उनी सेक्टर-31 मै बस्थे। यस अगाड़ी उनी ट्राफिक पुलिसमा पोस्टेड थिए। समर्थ दुआ पञ्जाब यूनिवर्सिटीको क्याम्पसमा बस्थे। उनी नेशनल मोबाइल कम्पनीमा काम गर्थे। पुलिसले मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी