नयॉं दिल्ली, 19 फरवरी (हि.स.)। श्री केशव स्मारक समिति, दिल्लीद्वारा नवनिर्मित 'केशव कुञ्ज' को प्रवेश उत्सव कार्यक्रम आज सॉंझ 4 बजी हुनेछ। कार्यक्रममा संघ प्रमुख डा. मोहन भागवत र संघका सरकार्यवाह दत्तात्रेय होसबाले उपस्थित रहनेछन्। महर्षि वेद व्यास प्रतिष्ठान पुणेका संस्थापक स्वामी गोविन्ददेव गिरी जी महाराज र उदासीन आश्रम, आरामबाग दिल्लीका स्वामी राघवानन्द जी महाराजको सानिध्यमा हुने उक्त कार्यक्रममा वरिष्ठ भाजपा नेताहरू पनि सामेल हुनेछन्।
चार ऐकरभन्दा धेरै क्षेत्रमा फैलिएको 'केशव कुञ्ज' मा 12 तले 3 टावर, लगभग 300 कोठा र कार्यालय छन्। नयॉं परिसर आधुनिक प्रौद्योगिकीलाई प्राचीन वास्तुशिल्पसॅंग जोडेर बनाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी