न्यूयार्क, 13 मार्च (हि.स.)। संयुक्त राष्ट्र मुख्यालयमा महिलाहरूको स्थितिमाथि डाकिएको 69औं सत्रमा हिस्सा लिन पुगेका भारतकी केन्द्रिय महिला एवं बाल विकासमन्त्री अन्नपूर्णा देवीले यूएन वूमनको कार्यकारी निदेशक सिमा बहौसको साथ द्विपक्षीय बैठकमा हिस्सा लिइन्। सिमा बहौसले भारतको डिजिटल क्रान्ति, शून्य हिंसा, समान निर्णय लिने शक्ति, शान्ति र सुरक्षा बाहेक किशोरीहरू र युवाहरूलाई महिला नेतृत्वको विकासलाई केन्द्रमा राख्ने दिशामा भारतका प्रय़ासहरूको सराहना गरिन्।
केन्द्रिय महिला एवं बाल विकासमन्त्री अन्नपूर्णा देवीले यो जानकारी फोटो सहित आफ्नो एक्स ह्याण्डलमा साझा गरिन्। यस बाहेक संयुक्त राष्ट्र मुख्यालयमा महिलाहरूको स्थितिमाथि डाकिएको 69औं सत्रमा अन्नपूर्णा देवीले भनिन्, भारतले लैंगिक डिजिटल फाटोलाई भर्न डिजिटल सार्वजनिक बुनियादी ढांचाको उपयोग गर्ने आफ्नो अनुभवलाई विश्वको साथ साझा गर्न चाहन्छ। भारत महिला नेतृत्व विकासको साथ अगाड़ी बढ़िरहेको छ।
उनले भनिन्, भारत एक यस्तो देशको निर्माण गरिरहेको छ, जहाँ महिलाहरूले अवधारणादेखि लिएर डिजाइन, कार्यान्वयन र निगरानीसम्ममा भाग लिएर सक्रिय आर्किटेक्टको रूपमा नेतृत्व गर्छन्। उल्लेख्य, 10 मार्चदेखि शुरू संयुक्त राष्ट्र आयोगको 69औं सत्र 21 मार्चसम्म चल्नेछ। भारत विश्वको साथ आफ्नो अनुभव साझा गर्न पाउँदा खुशी हुनेछ, अन्नपूर्णा देवीले भनिन्।
हिन्दुस्थान समाचार / भवानी थामी