इस्लामाबाद, 04 मई (हि.स.)। पहलगाम हमलापछि भारतद्वारा देखाइएको कड़ा रबैयाले पाकिस्तान भयभीत छ। पाकिस्तानले अन्तरराष्ट्रिय जगत समक्ष लगातार गुहार लगाइरहेको छ। अब पाकिस्तानले तुर्की सामू गोहीको आसु झार्दै मद्दतको गुहार लगाएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिवार अबेर राति इस्लामाबादमा तुर्कीका राजदूत डा. इरफान नेजिरोग्लूसित कुरा गरे औं स्पष्टीकरण दिँदै भने, पहलगाम हमलामा पाकिस्तानको कुनै हात छैन। साथै उ यसको निम्ति अन्तरराष्ट्रिय देशहरूको टीमबाट जाँचको निम्ति तयार रहेको, यस जाँच टीममा तुर्की पनि सामेल होस् र पाकिस्तानलाई न्याय दिलाउने प्रस्ताव राखे।
पाकिस्तान समाचार पत्र डन अनुसार, तुर्कीका राजदूतसित कुराकानी गरी पाकिस्तानले आफ्नो पक्ष उनी सामू राखेको छ।
उल्लेख्य, पहलगाम हमलापछि भारतले एकातिर सेनालाई कारबाहीको खुल्ला छूट दिएको छ, अर्कोतिर, सिन्धू जल सन्धिलाई रद्द गरेको छ। यस बाहेक भारतमा बसिरहेका सबै पाकिस्तानीहरूलाई निकालेर बाहिर गरेको छ। सबै व्यापारिक गतिविधिहरूका साथै डाक सेवा र हवाई उड़ानहरूमा रोक लगाइएको छ। यसले गर्दा पाकिस्तानमा कोकोहोलो मचेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी