15 Mar 2025, 1:49 HRS IST

सोनाझुरीमा रगोत्सवको धुम, बसन्त उत्सवमा रमाए स्थानीय मानिस तथा पर्यटक
सोनाझुरीमा रगोत्सवको धुम, बसन्त उत्सवमा रमाए स्थानीय मानिस तथा पर्यटक


कोलकाता, 14 मार्च (हि.स.) । रंग खेल्नमाथि प्रतिबन्ध लगाउनसक्ने अनुमानको कारणले चर्चामा आएको राज्यको बोलपुरस्थित सोनाझुरीमा शुक्रवार स्थानीय मानिस तथा पर्यटकहरूले व्यापक रूपमा रंग खेले। बसन्त उत्सवमा बिहानदेखिकै मानिसहरूको ठूलो भीड़ उर्लियो। प्रशासनले सुरक्षाको लागि भारी मात्रामा पुलिस बललाई तैनाथ गरेको छ।

गत आइतवार वन विभागले एउटा अधिसूचना जारी गरेको थियो जसमा पर्यावरण, जंगल औ वन्यजीवहरूको सुरक्षालाई ध्यानमा राख्दै सोनाझुरी हाट क्षेत्रमा रंग खेल्नदेखि रोक लगाउने कुरा चलेको थियो। यस सम्बन्धमा पोस्टर तथा ब्यानरहरू पनि झुण्डाइएको थियो। त्यसपछि भारतीय जनता पार्टी (भाजपा)-ले राज्य सरकारमाथि लक्षित गऱ्यो। तथापि प्रशासनले पछि स्पष्ट पाऱ्यो, बोलपुर र शान्तिनिकेतनको कुनै पनि ठाउँमा रंग खेल्नमाथि कुनै प्रकारको रोक लगाइएको छैन। बोलपुरका अतिरिक्त पुलिस अधीक्षक राणा मुखोपाध्यायले भने, शान्तिनिकेतन-बोलपुरमा कुनै पनि व्यक्तिले होली खेल्न सक्नेछ।

पहिला वन विभागले दोल उत्सवको दिन सोनाझुरी जंगलमा अबीर खेल्नु, वाहन पार्क गर्नु, ड्रोन उड़ाउनु तथा फोटोग्राफीमाथि पूर्ण रूपले प्रतिबन्ध लगाइदिएको थियो। तर गए बिहीवार वन मन्त्री बिरबाहा हांसदाले भने, सोनाझुरीमा रंग खेल्नमाथि कुनै रोक लगाइएको छैन। उनले स्पष्ट पारे, पर्यावरण सुरक्षालाई मध्यनजर गर्दै सतर्कता अप्नाउने सल्लाह दिइएको हो। उनले आम जनतासित अपील गर्दै भने, जसलाई जहाँ होली खेल्नु छ, उसले त्यहाँ होली खेल्न सक्छ।

त्यसपछि प्रशासनले भन्यो, सोनाझुरीलाई लिएर कुनै विशेष रोक छैन तथा शान्तिनिकेतन-बोलपुरमा कुनै पनि ठाउँमा होली खेल्न सकिन्छ। प्रशासनद्वारा मानिसहरूलाई यो निर्देश दिइयो, उनीहरूले शान्तिनिकेतनको परिवेश अनि पवित्रतालाई कायम राख्दै कुनै पनि अवैध गतिविधि गर्नदेखि बच्दै पर्व मनाउन्। अतिरिक्त पुलिसलाई तैनाथ गरिएको थियो। अतिरिक्त पुलिस अधीक्षक राणा मुखोपाध्यायले भने, बोलपुर र शान्तिनिकेतनमा होली अवधि सुरक्षाको लागि लगभग 500 पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ। पुलिस कुनै पनि समस्यामा मानिसहरूलाई सहयोग गर्नको लागि उपस्थित रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande