शुभेन्दु अधिकारी मुख्यमन्त्रीसित बैठकमा सामेल हुने छैनन्, भने- आरजी करकाण्डमा प्रमाण लुकाइरहेको छ सरकारले
शुभेन्दु अधिकारी मुख्यमन्त्रीसित बैठकमा सामेल हुने छैनन्, भने- आरजी करकाण्डमा प्रमाण लुकाइरहेको छ सरकारले


कोलकाता, 14 मार्च (हि. स.)। पश्चिम बंगालका विपक्षका नेता शुभेन्दु अधिकारी मुख्यमन्त्री ममता ब्यनर्जीसित आगामी हप्ता हुने बैठकमा सामेल हुने छैनन्। उनले भनेका छन्, आर. जी. कर मेडिकल कलेजमा एकजना महिला डाक्टरसित भएको बलात्कार अनि हत्याको मामिलामा सरकारले प्रमाणहरू मेटाइरहेको छ। यसको विरोधमा उनले आफ्नो विरोध दर्ता गरिरहेका छन्।

यो बैठक आगामी 19 मार्चमा हुनुथ्यो जसमा पश्चिम बंगाल सूचना आयुक्तको नियुक्तिमाथि चर्चा प्रस्तावित थियो। यसमा मुख्यमन्त्री, विपक्षका नेता औ संसदीय कार्य मन्त्री शोभनदेव च्यटर्जीलाई सामेल हुनुथ्यो। अधिकारीलाई राज्यको कार्मिक एवं प्रशासनिक सुधार विभागले बैठकमा सामेल हुने आमन्त्रण पठाएको थियो, तर उनले विभागीय सचिवलाई पत्र लेखेर स्पष्ट पारे, उनी यसमा सामेल हुने छैनन्।

अधिकारीले भने, जबसम्म यस मामिलामा सामेल सरकारी अधिकारी तथा सत्तारूढ़ दलका प्रभावशाली नेता जेल जाँदैनन् तथा पीड़िताले न्याय पाउँदैनन् तबसम्म उनी मुख्यमन्त्रीसित कुनै पनि बैठकमा सामेल हुने छैनन्। उनले सरकारमाथि गम्भीर आरोप लगाउँदै भने, सरकारले अपराधीहरूलाई बचाइरहेको छ, पुलिसले प्रमाणहरू मेटाइरहेको छ तथा मुख्यमन्त्री मौन छन्।

उनले यो प्रश्न पनि उठाए, पीड़ित महिला डाक्टरका माता-पितालाई अहिलेसम्म उनीहरूकी छोरीको मृत्यु प्रमाणपत्र किन दिइएको छैन? उनले भने, घटना घटेको सात महिना बितिसक्दा पनि राज्य स्वास्थ्य विभाग, कोलकाता नगरनिगम औ आर. जी. कर मेडिकल कलेज प्रशासनले उनीहरूलाई विभिन्न ठाउँमा भौंतारिन बाध्य बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande