गान्तोक, 14 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज 17औं आर्टेलरी बिग्रेडको होली मिलसन समारोहमा भाग लिए र भारतीय सेनाका जवानहरूसॅंग होली मनाए। यस अवसरमा जनरल अफिसर कमाण्डिङ मेजर जनरल एमएस राठौर पनि उपस्थित थिए।
समारोहको शुरूवात रंगारंग कार्यक्रमद्वारा भयो, जसमा जज ब्याण्ड र नृत्यहरू प्रदर्शन गरियो। राज्यपाल सैनिकहरूसॅंग होलीको रंगमा रंगिएर यस पर्वको आनन्द लिए र जवानहरूलाई शुभकामना दिए।
समारोहको अन्तमा राज्यपालले सैनिकहरूलाई होलीको शुभकामना दिए र उनीहरूको उज्जवल भविष्यको कामना गरे। उनले सैनिकहरूको मनाबढल बढाउॅंदै आफ्नो कर्तव्यहरूप्रति अझ धेरै समर्पित बन्न प्ररित गरे। उनले भने, होलीको पर्वले हामीलाई एकता, प्रेम र भाइचाराको सन्देश दिन्छ। भारतीय सेनाका जवान हाम्रो देशको सुरक्षाको निम्ति प्रतिबद्ध छ र हामीलाई उनीहरूमाथि गर्व छ।
हिन्दुस्थान समाचार / बिशाल