लागूऔषध ओसारपसार मुद्दामा महिला पक्राउ
लागूऔषध ओसारपसार मुद्दामा महिला पक्राउ


नयाँ दिल्ली, 16 मार्च (हि.स.)। दक्षिण जिल्लाको अम्बेडकर नगर पुलिस थानाले 15 मार्चमा पेट्रोलिंगको क्रममा 43 वर्षीया महिला तस्करलाई पक्राउ गरेको छ। महिलाको साथबाट 233 ग्राम गाँजा बरामद गरिएको छ।

दक्षिण जिल्लाका डीसीपी अंकित चौहानले आइतवार भने, हेड कन्स्टेबल सञ्जीव, हरकेश र कन्स्टेबल कामिनी उक्त क्षेत्रमा पेट्रोलिङमा थिए। यस क्रममा राति लगभग 9 बजी उनीहरू मदनगिरीको एच1 ब्लक नजिकै पुगे। त्यहॉं उनीहरूले एक महिलालाई शंकास्पद अवस्थामा देखे। पुलिसलाई देखेर महिला छिटो हिँड्न थालिन्। पुलिस टोलीले उनलाई रोकेर खानतलासी गऱ्यो। यस क्रममा महिलाको झोलाबाट 233 ग्राम गाँजा बरामद भयो। पुलिसले मुद्दा दर्ता गरी महिलालाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande