गान्तोक, 17 मार्च (हि.स.)। नेपाली साहित्य परिषद (नेसाप) ले आफ्नो वार्षिक साधारण सभा आज वनभोजसहित प्रासंगिक विषयहरुमा चर्चा-परिचर्चाका साथ विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ। साधारण सभा परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा पूर्व सिक्किम सरमसा गार्डनमा सम्पन्न भएको जानकारी परिषदका प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमा दिएका छन्।
भा प्रबुद्ध साहित्यकार पद्मश्री लीलबहादुर छेत्री एवं दिवङ्गत आजीवन सदस्यहरुको निधनमा शोक समवेदना व्यक्त गर्दै दुई मिनटको मौन धारणबाट आरम्भ भयो। सभामा परिषदका महासचिव नीलम न्यौपानेले वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए। साधारण सभाले विभिन्न विषयहरूमाथि चर्चा-परिचर्चापछि विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
विज्ञप्ति अनुसार, आजको व्यस्त जीवनशैली, समय र परिस्थितिको कारण कुनै पनि कार्यक्रम तथा बैठकहरूमा उपस्थिति कम हुँदै आएको वर्तमान समिति महसूस गर्दछ। यसर्थ संविधानको धारा 9 अन्तर्गत सभा तथा कोरमको (ख)-मा मोठ सदस्यको साठी प्रतिशतले साधारण सभामा कोरम बनिने उल्लेख गरिएको हुँदा नेपाली साहित्य परिषद्, सिक्किमको वार्षिक साधारण सभाको कोरम अबोपरान्त सभामा उपस्थित सदस्यहरूको दुई-तिहाई बहुमतले कुनै पनि प्रस्ताव पारित गर्न सक्ने छ। यस नयाँ संसोधनका प्रावधानलाई संविधानमा सामेल गरिने छ।
विज्ञप्तिमा अझ भनिएको छ, वर्ष 1993 देखि सङ्गीत, साहित्य र कला विधामा क्रमबद्ध रूपमा वर्षेनी प्रदान गर्न शुरु गरिएको मित्रसेन स्मृति पुरस्कार, अगम स्मृति पुरस्कार र कृष्ण स्मृति पुरस्कार -को नामको अघि कञ्चनजङ्घा जोडेर वर्ष 2022 देखि पुनः उक्त पुरस्कारहरू प्रदान गर्न शुरु गरिएको हुनाले पुरस्कारहरूको नाम कञ्चनजङ्घा मित्रसेन स्मृति पुरस्कार, कञ्चनजङ्घा अगम स्मृति पुरस्कार, कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार भएको हुँदा उक्त नामहरू अनुमोदन गरियो।
यसरी नै परिषदले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने सम्बन्धमा पनि प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख छ। भविष्यमा यस सम्बन्धमा राज्य सरकारको सहयोगबाट परिषद अधीन सिक्किम साहित्य अभिलेखालय स्थापना गरिने निर्णयलाई सभाले समर्थन गरेको छ।
सभामा बोल्दै परिषदका अध्यक्ष हरि ढुङ्गेलले कनका पत्रिका पुनः प्रकाशन ल्याउने पनि प्रतिबद्धता व्यक्त गरे। उनले अति शीघ्र लेखादिहरू पनि संकलन गरिने बताएका छन। सभामा नगरको डेभलपमेन्ट एरिया जीवन थिङ मार्गस्थित परिषदको भवन बढ़ोत्तरी निर्माण सम्बन्धी पनि चर्चा भयो। यसरी नै सभामा परिषदका कर्मचारीद्वयको वेतन तथा ग्रेच्युटी वृद्धि गर्ने निर्णय पनि लिइयो।
वर्तमान कार्यकारी सदस्यहरुको कार्यकाल पच्चिस लाख रुपियाँ एकत्रित भएको जानकारी कोषाध्यक्ष जीएस सुब्बाले सभामा जानकारी गराए। यसरी नै परिषदसँग अहिले कुल एक करोड़ बाह्र लाख रुपियाँ नगद रहेको पनि जानकारी दिए। सभाको आरम्भमा परिषदका उपाध्यक्ष नविन लामिछाने स्वागत सम्बोधन राखे भने परिषदकी उपाध्यक्ष भक्ति शर्माले धन्यबाद ज्ञापन प्रस्ताव राखेकी थिइन्।
हिन्दुस्थान समाचार / बिशाल