नयाँ दिल्ली, 17 मार्च (हि.स.)। कलकत्ता हाई कोर्टकी जस्टिस जयमाल्या बागचीले आज सुप्रीम कोर्टको जजको रूपमा शपथ ग्रहण गरिन्। चीफ जस्टिस सञ्जीव खन्नाले जस्टिस बागचीलाई सुप्रीम कोर्टको जजको रूपमा शपथ दिलाए। जस्टिस बागचीको शपथ ग्रहणपछि अब सुप्रीम कोर्टमा जजहरूको संख्या 33 पुगेको छ। सुप्रीम कोर्टमा जजहरूको स्वीकृत संख्या 34 हो।
राष्ट्रपति द्रौपदी मुर्मूले गत 10 मार्चमा जस्टित बागचीलाई सुप्रीम कोर्टको जज नियुक्त गरेकी थिइन्। गत 6 मार्चमा सुप्रीम कोर्ट कलेजियमले जस्टिस जयमाल्या बागचीलाई सुप्रीम कोर्टको जजको रूपमा नियुक्त गर्ने प्रस्ताव राखेको थियो। जस्टिस जयमाल्या बागची 26 मई, 2031-मा चीफ जस्टिस बन्नेछन्। जस्टिस बागचीको नामको प्रस्ताव राख्दा सुप्रीम कोर्ट कलेजियमले यस कुरामाथि ध्यान दिएको थियो कि पूर्व चीफ जस्टिस अल्तमस कबीर 18 जुलाई, 2013- मा रिटायर भएपछि कलकत्ता हाई कोर्टबाट चीफ जस्टिस बनेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा