नयाँ दिल्ली, 17 मार्च (हि.स.)। सुप्रीम कोर्टले सीएजी चयनको लागि प्यानल बनाउने तथा त्यसमा चीफ जस्टिसलाई पनि सामेल गर्ने मागमा दर्ता याचिकामाथि केन्द्र सरकारलाई नोटिस जारी गरेको छ। साेमवार जस्टिस सूर्यकान्तको अध्यक्षतामा रहेको बेञ्चले सो नोटिस जारी गऱ्यो।यो याचिका सेन्टर फर पब्लिक इन्टरेस्ट लिटिगेशनद्वारा वकिल प्रशान्त भूषणले दर्ता गरेका हुन्।
सुनवाई अवधि प्रशान्त भूषणले भने, पछिल्लो केही समयदेखिको सीएजीको स्वतन्त्रता समाप्त भएको छ। उनले भने, केही समयदेखि यता सीएजीको रिपोर्ट्स घट्दै गइरहेको छ र सीएजीमा कर्मचारीहरूको संख्या पनि घट्दो छ। भाजपा शासित राज्यहरूको अडिट रिपोर्टलाई रोकिँदैछ। सको लागि उनले महाराष्ट्रलाई आधारको रूपमा पेश गरे।
उल्लेखनीय छ, अहिलेसम्म सीएजीको नियुक्ति सरकारले नै गर्दछ। यस याचिकामा सीएजीको नियुक्तिको लागि एक स्वतन्त्र प्यानल गठन गर्ने माग गरिएको छ। याचिकामा माग गरिएको छ, यस प्यानलमा प्रधानमन्त्री, नेता प्रतिपक्ष औ चीफ जस्टिसलाई सामेल गरियोस्। पूर्व डिप्टी सीएजी अनुपम कुलश्रेष्ठको यस्तै एउटा याचिका पछिल्लो एक वर्षदेखिको लम्बित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा