हमासको कब्जाबाट नेपाली छात्र विपिन जोशीलाई मुक्त गराउन प्रधानमन्त्री ओलीले मिश्रका राष्ट्रपतिसित वार्ता गरे
ओली


काठमाण्डौं, 14 मार्च (हि.स.)। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हमासको कब्जाबाट नेपाली छात्र विपिन जोशीलाई मुक्त गराउन मिश्रका राष्ट्रपति अब्देल फतह अल-सिसीको साथ टेलीफोन संवाद गरेका छन्। शुक्रवार प्रधानमन्त्री ओलीले मिश्रका राष्ट्रपतिसित विपिन जोशीलाई मुक्त गराउनमा भइऱहेको ढिलाईमाथि चिन्ता व्यक्त गर्दै मध्यस्थता गर्ने आग्रह गरेका छन्।

ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईले भने, मिश्रका राष्ट्रपतिले यस मामिलामा पूरा सहयोग गर्ने आश्वासन दिएका छन्। विपिन जोशीलाई लिएर मिश्रको तर्फबाट अहिलेसम्म गरिएको प्रय़ासबारे पनि राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई जानकारी दिएका छन्। विपिन जोशीलाई मुक्त गराउन गत केही दिनदेखि नेपालको तर्फबाट कूटनीतिक प्रयास तीव्र गरिएको छ।

विदेश मन्त्री डा. राणाले गत नोभेम्बर र दिसम्बरमा यस सम्बन्धमा इजराइल, इजिप्ट र कतरका विदेश मन्त्रीहरूको साथ टेलीफोनमा कुराकानी गरेर विपिन जोशीलाई मुक्त गराउन पहल गर्ने आग्रह गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande