नयाँ दिल्ली, 15 मार्च (हि.स.)। पद्म पुरस्कारहरूको निम्ति शनिवारदेखि नामाङ्कन शुरू भएको छ। गणतन्त्र दिवस 2026 मा घोषित गरिने यी पुरस्कारहरूले विभिन्न क्षेत्रहरूमा असाधारण उपलब्धीहरू र विशिष्ट सेवालाई मान्यता दिँदछ।
केन्द्रिय गृह मन्त्रालयले एक बयानमा भनेको छ, गणतन्त्र दिवस-2026 को अवसरमा घोषित गरिने पद्म पुरस्कारको निम्ति नामाङ्कन र सिफारिशहरू 15 मार्चदेखि शुरू भएको छ। पद्म पुरस्कारहरूको निम्ति नामाङ्कनको अन्तिम मिति 31 जुलाई हो। पद्म पुरस्कारहरूका लागि नामाङ्कन एवं सिफारिशहरू केवल राष्ट्रिय पुरस्कार पोर्टल (https://awards.gov.in) मा अनलाइन प्राप्त गरिनेछ।
भारत रत्नपछि पद्म पुरस्कार, अर्थात्- पद्म विभूषण, पद्म भूषण र पद्म श्री देशको सर्वोच्च नागरिक पुरस्कारहरूमा सामेल छ। 1954 मा स्थापित यी पुरस्कारहरूको घोषणा हरेक साल गणतन्त्र दिवसको अवसरमा गरिन्छ। यो पुरस्कारले विशिष्ट कार्यलाई मान्यता दिने प्रय़ास गर्दछ र कला, साहित्य एवं शिक्षा, खेल, चिकित्सा, सामाजिक कार्य, विज्ञान र इन्जीनियरिंग, सार्वजनिक मामिला, सिविल सेवा, व्यापार र उद्योग आदि जस्ता सबै क्षेत्रहरू र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धीहरू र सेवाको निम्ति प्रदान गरिन्छ। जाति, व्यवसाय, पद वा लिंगको भेदभावबिना सबै व्यक्ति यी पुरस्कारहरूको निम्ति पात्र हुन्छन्। डाक्टर र वैज्ञानिकहरूलाई छोड़ेर सार्वजनिक उपक्रमहरूमा काम गर्ने सरकारी कर्मचारी पद्म पुरस्कारहरूका लागि पात्र हुँदैनन्।
बयानमा भनिएको छ, सबै नागरिकहरूसित अनुरोध छ कि उनीहरूले आफै नामाङ्कन सहित नामाङ्कन र सिफारिशहरू गरुन्। महिलाहरू, समाजको कमजोर वर्ग, अनुसूचित जातिहरू र जनजातिहरू, दिव्यांग व्यक्तिहरूमध्ये यस्ता प्रतिभाशाली व्यक्तिहरूको पहिचान गर्नका लागि ठोस प्रयास गर्नसकिन्छ, जसको उत्कृष्टता र उपलब्धीहरू वास्तवमा मान्यताको योग्य छ र जसले समाजको निम्ति निःस्वार्थ सेवा गरिरहेको छ। नामाङ्कन र सिफारिशहरूमा उपर्युक्त पोर्टलमा उपलब्ध प्रारूपमा निर्दिष्ट सबै प्रासंगिक विवरण सामेल हुनुपर्छ, जसमा वर्णनात्मक रूपमा उद्धरण (अधिकतम 800 शब्द) पनि सामेल हुनुपर्छ, जसमा अनुशंसित व्यक्तिको उसको सम्बन्धित क्षेत्र र विषयमा विशिष्ट र असाधारण उपलब्धीहरू र सेवाको स्पष्ट रूपमा उल्लेख होस्।
हिन्दुस्थान समाचार / भवानी थामी