- हिन्दुस्थान समाचार समूहको दुई पत्रिका नवोत्थान र युगवार्तासहित तेजस्विनी सीता पुस्तकको लोकार्पण
सीतामढ़ी, 08 मई (हि.स.)। बिहारको सीतामढ़ी जिल्लाको पुनौराधाममा बहुभाषी न्यूज एजेन्सी हिन्दुस्थान समाचारको सौजन्यमा 10 मई, शनिवार सीता महोत्सव आयोजन हुनेछ। कार्यक्रममा मुख्य अतिथिको रूपमा बिहारका राज्यपाल आरिफ मोहम्मद खान उपस्थित रहनेछन्। यस अवसरमा राज्यपालले माता सीताको जीवन र योगदानलाई लिएर आफ्नो विचार साझा गर्नेछन्। हिन्दुस्थान समाचार समूहका अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले कार्यक्रमको अध्यक्षता गर्नेछन्।
राज्यपाल आरिफ मोहम्म्द खान एवं अन्य अतिथिहरूद्वारा हिन्दुस्थान समाचार समूहको दुईवटा पत्रिका, नवोत्थान र युगवार्ताका साथै तेजस्विनी सीता पुस्तकको लोकार्पण गरिने छ। यस अवसरमा पीठाधीश्वर श्री जानकी जन्मभूमि मन्दिर पुनौराधामको श्रीमहन्त कौशल किशोर दासजी महाराजले आशीर्वचन दिनेछन्।
महोत्सवमा मुख्य वक्ता सिद्धपीठ हनुमत निवास अयोध्या धामका श्रीमहन्त आचार्य मिथिलेशनन्दिनीशरण जी महाराज, बगही धाम सीतामढ़ीका श्रीमहन्त डा. शुकदेव दास जी महाराज र विशिष्ट अतिथिको रूपमा श्री पञ्च दशनाम जूना अखाड़ाकी अनन्त श्री विभूषित महामण्डलेश्वर श्री मॉं योग योगेश्वरी यती जी जस्ता धार्मिक र आध्यात्मिक हस्तिहरू पनि उपस्थित रहनेछन्।
महोत्सवमा विशिष्ट अतिथिको रूपमा उत्तर प्रदेश सरकारको राज्य सूचना आयुक्त पदुम नारायण द्विवेदी र भाग्य विधाता च्यारिटेबल एवं ट्रस्ट (रजि.) का संस्थापक अध्यक्ष राम सुरेश चौधरी, कार्यकारी अध्यक्ष सन्तोष सुरेश चौधरी, निदेशक भास्कर झा पनि उपस्थित रहनेछन्।
महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ। बिहारका प्रसिद्ध शास्त्रीय गायक पण्डित उदय कुमार मलिक र भजन गायक डा. सुरेन्द्र कनौजियाले आफ्नो संगीतले भक्तहरू र श्रद्धालुहरूलाई मन्त्रमुग्ध गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी