राँची, 09 मई (हि.स.)। राँचीमा सेनाको खुफिया एजेन्सी (मिलिट्री इन्टेलिजेन्स) र झारखण्ड एटीएस (आतङ्कवाद निरोधी दस्ता) ले संयुक्त रूपमा छापा मारेर नक्कली सेनाको पोशाक बरामद गरेको छ। आधिकारिक सुत्रहरूबाट प्राप्त जानकारी अनुसार, लखनऊ मिलिटरी इन्टेलिजेन्सबाट प्राप्त विशेष जानकारीको आधारमा बुटी मोड क्षेत्रमा अवस्थित श्री गणेश आर्मी स्टोर विरुद्ध कारबाही गरिएको छ। जहाँबाट अनुमति बिना बनाइएका नक्कली सेनाको पोशाक र लडाकु पोशाक बरामद गरिएको छ। यी नक्कली पोशाकहरू सर्वसाधारणलाई बिक्री गरिॅंदै थियो।
मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै दोकान मालिकलाई हिरासतमा लिइयो र सोधपुछ गरियो र त्यसपछि उनलाई बन्डमा छोडियो। सदर पुलिस थानाले यस सम्बन्धमा थप कारबाही गरिरहेको छ।
उल्लेखनीय छ, अहिले भारत र पाकिस्तानबीच युद्ध जस्तो अवस्था छ। देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। यस्तो अवस्थामा नक्कली पोशाक फेला पर्नु चिन्ताको विषय हो। यसलाई राष्ट्रविरोधी तत्वहरूले प्रयोग गर्न सक्छन्। यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्छ। यसमा अरु को को संलग्न छन् र उनीहरूको मनसाय के थियो भनेर पत्ता लगाउन यो सम्पूर्ण मामिलाको गहन अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी