नयॉं दिल्ली, 09 मई (हि.स.)। भारत-पाकिस्तान तनाउबीच राजधानी नयॉं दिल्लीमा आज श्रृंखलाबद्ध महत्वपूर्ण बैठकहरू हुॅंदैछन्। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले शुक्रवार देशका सबै स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य बुनियादी सुविधाहरूको समीक्षा गरे।
निर्माण भवनमा आयोजित बैठकमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वास्थ्य सुविधाहरूको बारेमा सम्पूर्ण जानकारी दिए। अधिकारीहरूले भने, कण्ट्रोल सेन्टरबाट निगरानी राखिॅंदैछ। देशका अस्पतालहरू कुनै पनि स्थितिलाई सम्बोधित गर्न पूर्ण रूपमा तयार छन्।
उल्लेखनीय छ, भारतको अपरेशन सिन्दूरपछि पाकिस्तान आक्रोशित बनेको छ। पाकिस्तानले बिहिवार राति लगातार भारतका विभिन्न शहरहरूमा ड्रोन, मिसाइल, हवाई हमला गऱ्यो, तर भारतले पाकिस्तानका सबै प्रयासहरूलाई विफल पाऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी