शिलङ, 09 मई (हि.स.)। भारत-पाकिस्तान युद्धको आशंकाबीच घुसपैठ रोक्न मेघालयको भारत-बंगलादेश सीमा क्षेत्रमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।
मेघालय सरकारका गृह विभागका एक उच्च अधिकारीले आज बिहान बताएअनुसार, 40 किलोमिटर खुला क्षेत्रमा कर्फ्यू लगाइएको छ। यो घुसपैठ र तस्करीको लागि संवेदनशील क्षेत्र हो। भारत-पाकिस्तान युद्धलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय सीमाबाट घुसपैठको प्रबल सम्भावना रहेको जानकारी पाएपछि यो निर्णय लिइएको उनले बताए। उनले भने, राज्यका सीमावर्ती जिल्लाका उपायुक्तहरूलाई घुसपैठ र तस्करी रोक्न प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ।
सरकारी अधिकारी अनुसार, पश्चिम जयन्तिया हिल्स जिल्लाको अन्तरराष्ट्रिय सीमानाको 'शून्य रेखा' को 200 मिटर भित्रका क्षेत्रहरूमा बेलुका 8 बजेदेखि बिहान 6 बजीसम्म कर्फ्यू लगाइनेछ। निर्देशिका अनुसार, भारत-बांग्लादेश सीमाभित्र र वरपर मानिसहरूको आवागमन, अनधिकृत जुलुस, पाँच वा सोभन्दा बढी व्यक्तिहरूको अवैध भेला र अन्तरराष्ट्रिय सीमा पार गर्ने उद्देश्यले हतियार वा अन्य उपकरणहरू बोक्न निषेध गरिएको छ।
सुरक्षा एजेन्सीहरूले राज्यका गृहमन्त्री प्रेस्टन टिनसोङलाई आतङ्कवादी समूहका सदस्यहरू, तस्करहरू र अन्य गैरकानूनी गतिविधिहरू रातको समयमा सीमा पार गर्ने सम्भावना रहेको जानकारी गराएको बताइएको छ। एक प्रश्नको जवाफ दिँदै गृह विभागका एक उच्च अधिकारीले भौगोलिक कारणले मेघालयको बांग्लादेश सीमाको कुल 444 किलोमिटरमध्ये 40 किलोमिटरभन्दा बढीमा काँडेतार लगाउन नसकिएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी