पाकिस्तानलाई चेताउनी- यदि सैन्य आक्रमण भयो भने उचित जवाफ दिइनेछ
पाकिस्तानलाई चेताउनी- यदि सैन्य आक्रमण भयो भने उचित जवाफ दिइनेछ


-इरानी विदेशमन्त्रीसँगको बैठकमा विदेशमन्त्री डा. जयशंकरले पाकिस्तानलाई देखाए सीमा

नयाँ दिल्ली, 08 मई (हि.स.)। भारत र इरानबीचको 20औं संयुक्त आयोगको बैठकमा विदेशमन्त्री एस. जयशंकरले स्पष्ट शब्दमा भने कि भारतले तनाव बढाउने कुनै मनसाय राख्दैन, तर यदि पाकिस्तानबाट सैन्य आक्रमण भयो भने उपयुक्त जवाफ दिइनेछ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराकची भारत भ्रमणमा छन्। जयशंकरले संयुक्त आयोगको बैठकको सह-अध्यक्षता गर्दै आफ्नो उद्घाटन भाषणमा यी कुराहरू भनेका थिए। उनले भने, यो बैठक यस्तो समयमा भइरहेको छ जब भारतले जम्मू कश्मीरमा हालै भएको बर्बर आतङ्कवादी हमलाको जवाफ दिइसकेको छ।

जयशंकरले भने, 22 अप्रेलमा जम्मू कश्मीरमा भएको आतङ्कवादी हमलाले भारतलाई 7 मईमा सीमापार आतङ्कवादी पूर्वाधार विरुद्ध कारबाही गर्न बाध्य बनायो। उनले स्पष्ट गर्दै भने, आतङ्कवादी ठेगानाहरू विरुद्ध कारबाही सटीक र सन्तुलित तरिकाले गरिएको थियो।

इरानी प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले भने, छिमेकी र नजिकको साझेदारको रूपमा यो अवस्था बुझ्नु तपाईको लागि महत्त्वपूर्ण छ।

भारत र इरानबीचको द्विपक्षीय सम्बन्धको बारेमा बोल्दै जयशंकरले दुई देशबीचको सहकार्य धेरै क्षेत्रमा प्रगति भएको बताए, यद्यपि केही मुद्दाहरूमा छलफल गर्न आवश्यक छ। अक्टोबर 2024 मा कजानमा प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेशकियानबीच भएको भेटघाट र 26 अप्रेलमा भएको टेलिफोन वार्ताले यस साझेदारीलाई नयाँ दिशा दिएको छ।

उनले यो वर्ष भारत-इरान कूटनीतिक सम्बन्धको 75औं वार्षिकोत्सव पनि रहेको बताए। जयशंकरले दुवै देशले यो अवसरलाई उचित सम्मानका साथ मनाउने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande