मिजोरममा बसेका छन् म्यानमार, बंगलादेश र मणिपुरका 41,355 शरणार्थी
मिजोरममा बसेका छन् म्यानमार, बंगलादेश र मणिपुरका 41,355 शरणार्थी


-शरणार्थीहरूको कल्याणको लागि एक विशेष समिति गठनआइजोल, 17 मार्च (हि.स.)। राज्यका गृहमन्त्री के सपडंगाले भने, मिजोरम राज्यमा वर्तमानमा 41,355 शरणार्थीहरू बसिरहेका छन्। सरकारले उनीहरूको आवश्यकताहरूको मूल्यांकन गगरिरहेको छ तथा कल्याणकारी कदमहरू उठाइरहेको छ। शरणार्थीहरूको कल्याणको लागि एक विशेष समिति गठन गरिएकोछ।

राज्यका गृह मन्त्री सपडंगाले सोमवार मिजोरम विधानसभा सत्र अवधि सरकारको पक्षबाट वक्तव्य दिरहेका थिए। गृहमन्त्री सपडंगाले भने, राज्यमा बंगलादेश, म्यान्मार तथा मणिपुर राज्यका 41,355 शरणार्थीहरू बस्दै आएका छन्। यिनीहरूमध्ये मिजोरममा 2,217 शरणार्थी बंगलादेशी छन् भने 33,505 म्यान्मारबाट आएका छन्। यस अतिरिक्त मणिपुर राज्यबाट 2,633 शरणार्थीहरू यहाँ आएका छन्।

उनले भने, केन्द्र सरकारको शरणार्थी क ोष गोपनीय श्रेणीमा पर्दछ जुन मुख्य रूपमा निवारक उपायहरूको लागि आरक्षित छ र यसको उपयोग कड़ा निगरानीमा हुन्छ। शरणार्थीहरूको कल्याणको लागि एक विशेष समिति गठन गरिएको छ जुन अहिलेसम्ममा दुई पटक गठन भइसकेको छ। यस अतिरिक्त शरणार्थीहरूको आजीविकामाथि शोध गर्नको लागि एक उप-शाखा पनि स्थापना गरिएको छ।

सदनमा गृहमन्त्रीले भने, चम्फाई जिल्लाको फारकन गाउँमा 15 मार्चको दिन संयुक्त एनजीओको बैठकमा शरणार्थीहरूलाई पसल संचालन गर्नदेखि प्रतिबन्ध लगाउने निर्णय लिइयो। त्यसपछि फारकन ग्राम परिषद र अन्य संगंठनहरूले निर्देश जारी गरी शरणार्थी पसलेहरूलाई आगामी 31 मईसम्म आफ्नो सामान बेचेर व्यवसाय बन्द गर्ने आदेश दिइएको छ। यसबाहेक एउटा नया नियम लागू गरिएको छ जसान्तर्गत शरणार्थीहरूलाई गाउँमा प्रवेश गर्नको लागि म्यान्मार शरणार्थीले ग्राम स्तरीय समितिबाट पूर्व अनुमति लिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande