कोलकाता, 17 मार्च (हि. स.)। 17 दिनपछि सोमवार जादवपुर विश्वविद्यालका कार्यवाहक कुलपति भास्कर गुप्ता आफ्नो कार्यालय पुगे। बिहान 10.50 बजे उनी विश्वविद्यालयमा प्रवेश भए अनि सबैभन्दा पहिला प्रशासनिक अधिकारी, रजिस्ट्रार औ अन्य पदाधिकारीहरूसित बैठक गरे। त्यसपछि उनले परीक्षा समितिसित चर्चा गरी ती स्नातकर स्नातकोत्तर परीक्षाहरूलाई पुनः आयोजना गर्नेमाथि विचार गरे जुन हालका दिनहरूमा हुन सकेको थिएन। यद्यपि कुलपति विश्वविद्यालयमा आफ्नो कार्यालयमा धेर बेर बसेनन्। कर्मसमितिको बैठकलाई लिएर भास्कर गुप्ताले भने, कार्यवाहक कुलपति भएको नाताले बैठक डाक्नको लागि सरकारी अनुमतिको खाँचो पर्दछ। हामी चाँड़ै नै सरकारसित यसलाई लिएर अनुरोध गर्नेछौं। पछिल्लो केही दिनभित्रमा यहाँ जे-जति भयो त्यसलाई लिएर चर्चा गर्न आवश्यक छ। छात्र संघ चुनाउलाई लिएर उनले भने, उनी यसको पक्षमा छन् र यस सम्बन्धमा सरकारसित कैयौं पटक उनले अनुरोध गरिसकेका छन्। उनको मान्यता छ, चुनाुको माध्यमबाट नै विश्वविद्यालयमा स्वस्थ परिवेश बहाल हुनसक्छ।विश्वविद्यालयमा पुलिस चौकी र ब्यारक बनाउने प्रस्तावमा उनले भने, हामीलाई पुलिस चौकी र ब्यारक बनाउने प्रस्ताव प्राप्त भएको छ। यसलाई कर्मसमितिको बैठकमा राखिनेछ जहाँ यसमाथि फसेला लिइनेछ। तथापि पुलिसलाई चार हजार वर्गफुट स्थान चाहिन्, तर हामीसित यति जमीन उपलब्ध छैन।सोमवारदेखि विश्वविद्यालयमा पठन-पाठन सामान्य रूपमा शुरू भए पनि कला विभागका विद्यार्थीहरू तृणमूलसित सम्बन्धित प्रोफेसर ओमप्रकाश मिश्राविरूद्ध कारबाही गर्नुपर्ने मागलाई लिएर ‘सुवर्ण जयन्ती भवन’ बाहिर धरनामा बसिरहे। उनीहरूले भुइँमा बसेर कक्षा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा