पानीहाटीका चेयरम्यान मलय राजको राजीनामा स्वीकृत, सात दिनमा हुनेछ नयाँ चेयरम्यानको घोषणा
पानीहाटीका चेयरम्यान मलय राजको राजीनामा स्वीकृत, सात दिनमा हुनेछ नयाँ चेयरम्यानको घोषणा


कोलकाता, 17 मार्च (हि.स.)। पानीहाटी नगरपालिकाका चेयरम्यान मलय रायको राजीनामलाई स्वीकार गरिएको छ। नगरपालिका सूत्र अनुसार पार्टीको निर्देशमा उनले पछिल्लो बिहीवार ब्यारकपुरका एसडीओलाई आफ्नो राजीनामा पठाएका थिए जसलाई सोमवार स्वीकृति दिइएको छ। हामीलाई जानकारी प्राप्त भएको छ, आगामी सात दिनभित्रमा काउन्सिलको बैठक डाकेर नयाँ चेयरम्यानको चुनाउ गरिनेछ।

तृणमूल कंग्रेसको सूत्र अ्नुसार 17 नम्बर वार्डका पार्षद सोमनाथ देलाई नयाँ चेयरम्यान बनाउनसक्छ। मलय रायको कार्यकाल अवधि नागरिक सेवा तथा अन्य मुद्दाहरूलाई लिएर विवाद उत्पन्न भएको थियो। पानीहाटी नगरपालिकाको 125 वर्ष पूरा भएको अवसरमा चन्दा संग्रह गरिएको आरोप पनि उनीमाथि लागेको थियो।

यस अतिरिक्त स्थानीय अमरावती मैदानको एउटा ठूलो भाग हाउसिंग प्रोजेक्टको लागि बेच्ने योजनालाई लिएर विवाद भएको थियो जसमा मुख्यमन्त्री ममता ब्यनर्जीले हस्तक्षेप गरिन्। राज्य सरकारले लगभग 85 बिघा यस मैदानलाई अधिग्रहण गर्ने फसेला लिइन्।

पानिहाटी नगरपालिकाकै पार्षदहरूले पनि मलयविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए। यसबीच राज्यका नगर विकासमन्त्री फिरहाद हकिमले विधानसभाबाट फोन गरेर मलयलाई राजीनामा दिने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande