कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगालमा भर्ती घोटालाको जाँच गर्ने क्रममा केन्द्रिय अन्वेषम ब्यूरो (सीबीआई)-ले आफ्नो चार्जशीटमा आरोप लगाएको छ, आरोपीहरूले प्रमाणहरूलाई नष्ट गर्नका लागि सात विभिन्न उपायहरू प्रयोग गरे।
सीबीआई अनुसार प्राथमिक शिक्षक, एसएससी औ अन्य सरकारी नोकरीहरूको लागि उम्मेद्वारहरूबाट ठूलो धन एकत्र गरियो जसबाट करोड़ौं रुपियाँ सुजय कृष्ण भद्रकहाँ पुग्यो। सीबीआईले आफ्नो जाँचमा पायो, आरोपीहरूले विभिन्न प्रकारले प्रमाणहरूलाई नष्ट पार्ने प्रयास गरे जसमा डायरी जलाना, घूसको भीडियो मेटाउनु, मोबाइल फोन नष्ट पार्नु, हार्ड डिस्कबाट डेटा मेटाउनु, मोबाइल डेटा मेटाउनु, ईमेल अकाउण्ट बन्द गर्नु, सीसीटीभी बन्द गर्नु आदि सामेल छन्।
सीबीआईले यी सबै तथ्यहरूलाई आफ्नो चार्जशीटमा सामेल गरेको छ जसबाट यो स्पष्ट हुन सकोस् कि आरोपीहरूले प्रमाणलाई नष्ट गर्नका लागि संगठित प्रयास गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा