कोलकाता, 17 मार्च (हि. स.)। मुख्यमन्त्री ममता ब्यनर्जी सोमवार दक्षिण 24 परगना जिल्ला अन्तर्गत फुरफुरा शरिफको भ्रमणमा छन्। यस भ्रमणलाई लिएऱ विपक्षी नेता शुभेन्दु अधिकारीले उनीमाथि तुष्टिकरणको राजनीति गरेको आरोप लगाएका छन्। उनले भने, मुख्यमन्त्री आफ्नो भोट ब्यांकलाई सशक्त बनाउनको लागि हरेक विधानसभा चुनाउपूर्व फुरफुरा शरिप जाने गर्दछन्। तथापि मुख्यमन्त्रीलाई पाँच वर्षसम्म उनीहरूको याद आएन।
आगामी 26 नोभेम्बरमा हुने चुनाउको रणनीति तय गर्ने उद्देश्यले शुभेन्दु अधिकारीले सोमवार दिल्लीमा हुने भाजपाको बैठकमा भाग लिनका लागि दिल्ली प्रस्थान हुनपूर्व दमदम हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै भने, हरेक पटक विधानसभा चुनाउपूर्व मुख्यमन्त्री भोट ब्यांकलाई बलियो बनाउन फुरफुरा शरिफ जान्छन्। उनी वर्ष 2016-को चुनाउपूर्व पनि गएकी थिइन्। बीचमा पाँच वर्षसम्म उनले फुरफुरा शरिफलाई भुलेकी थिइन्। त्यहाँका अल्पसंख्यकहरूलाई भुलेकी थिइन्।
तुष्टिकरणको राजनीतिगरेको आरोप लगाउँदै विपक्षी नेताले भने, पश्चिम बंगालका हिन्दू मतदाता जसले तृणमूल कंग्रेसमा भोट दिन्छन्, -ले आज टीभी हेर्नेछन्। मैले जे भने त्यो साबित हुनेछ। मुख्यमन्त्रीले विकासको नाममा फुरफुरा शरिफका मानिसहरूलाई धोका दिएकी छन् चाहे उनी अल्पसंख्यक भोटहरूको हितमा चुनाउअघि फुरफुरा शरिफ गए पनि। फुरफुरा शरिफमा गएर हेर्दा थाहा हुनेछ कि त्यहाँ के कति विकास भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा