आरजी कर मामिलाको नयाँ शिराबाट जाँच हुनेछैन, सुप्रीम कोर्टले खारेज गरिदियो याचिका
आरजी कर मामिलाको नयाँ शिराबाट जाँच हुनेछैन, सुप्रीम कोर्टले खारेज गरिदियो याचिका


नयाँ दिल्ली, 17 मार्च (हि.स.)। सुप्रीम कोर्टले कोलकाताको आरजी कर दुष्कर्म औ हत्याकाण्डको नयाँ शिराबाट जाँच गर्ने माग गर्दै पीड़िताका माता-पिताद्वारा दर्ता याचिकालाई खारेज ग रिदिएको छ। सीबीआई जाँचप्रति असन्तोष व्यक्त गर्दा माता-पिताललाई चीफ जस्टिस सञ्जीव खन्नाको अध्यक्षतामा गठित बेञ्चले भन्यो, तपाईहरूले चाहनु भयो भने कलकत्ता हाई कोर्टको ढोका ढक्ढकाउन सक्नुहुन्।

कोलकाताको ट्रायल कोर्टले यस मामिलामा फसेला सुनाउँदै आरोपी सञ्जय रायलाई आजीवन कारावासको सजाय सुनाएको छ। यस फसेलालाई पश्चिम बंगाल सरकारले कलकत्ता हाई कोर्टमा चुनौत दिँदै आरोपीलाई मृत्यु सजायको माग गरेको छ।

सुप्रीम कोर्टले 7 नोभेम्बर, 2024-मा मामिलाको सुनवाई पश्चिम बंगालदेखि बाहिर ट्रान्सफर गर्ने मागलाई खारेज गरिदिएको थियो। सुप्रीम कोर्टले 20 अगस्त, 2024-मा नेशनल टास्क फोर्स गठन गरेको थियो जसको काम डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्नु अनि काम गर्नकोलागि सुविधाजनक परिवेश बनाउने सम्बन्धि आफ्नो सुझाउ दिनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande