स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका सार्वजनिक
स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका सार्वजनिक


खरसाङ, 17 मार्च (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 22 मार्चदेखि शुरु भइरहेको स्व. केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। सोमवार खरसाङ महकुमा खेलकूद संघको सभा सभापति मोहन योञ्जनको अध्यक्षतामा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ।

उक्त खेल तालिका खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, कोषाध्यक्ष बसन्तसिंह, टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको संयोजक मोहन राई अनि कार्यकारी सदस्य मोहन मोक्तान आदिको बाहुलीबाट सार्वजनिक गरियो। खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भइरहेको यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको पहिलो दिनको उद्घाटन खेल आकाशवाणी खरसाङ र त्रिशुली संघमाझ अनि अर्को खेल खरसाङ खण्ड विकास कार्यालय र खरसाङ महकुमा शासक कार्यालयमाझ सम्पन्न हुने भएको छ।

यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा 20 वटा टिमहरुले सहभागिता जनाएका छन् भने यसको फाइनल खेल आगामी 3 अप्रेलमा सम्पन्न हुनेछ।‌ यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीससहित नगदराशि 21 हजार र उप विजेतालाई ट्रफीससहित नगदराशि 11 हजार प्रदान गरिने जानकारी खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले गराएका छन्।

उनले जानकारी गराए‌ अनुसार, यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी 3 अप्रेलमा सम्पन्न हुनेछ। यस क्रिकेट टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि 21 हजार र उप विजेतालाई ट्रफीसहित 11 हजार रुपियाँ प्रदान गरिने छ। यसका साथै, हरेक म्याचमा म्यान अफ् द म्याच प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande