सिलगढ़ी, 17 मार्च (हि. स.)। वाहनको ठक्करले घाइते भएका युवकको उपचारको क्रममा सोमवार मृत्यु भयो। मृतक युवकको नाम बिक्रम राय (25) हो।
पारिवारिक सूत्र अनुसार गए आइतवार राती जन्मदिनको पार्टीदेखि बिक्रम घर फर्किरहेका थिए। बंगाल सफारी पार्क नजिक एक वाहनसित उसको बाइक ठोक्कियो। यस घटनामा बिक्रमको टाउकोमा गम्भीर चोट लाग्यो त्यसैले उसलाई सेवक रोडस्थित एक निजी अस्पतालमा भर्ती गरिएको थियो जहाँ उपचारको क्रममा उसको मृत्यु भयो। युवकको मृत्युले परिवारमा शोक व्याप्त भएको छ। हाल पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा