कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगाल सरकारमाथि उत्तर बंगालमा स्वास्थ्य सुविधाहरूको विकासमा विफल भएको आरोप लगाउँदै भारतीय जनता पार्टी (
भाजपा) विधायकहरूले सोमवार विधानसभा परिसरमा प्रदर्शन गरे। उनीहरूले मुख्यमन्त्री ममता ब्यनर्जी जो स्वास्थ्य विभागीय प्रभारी पनि हुन्-सित यस मुद्दामा जवाफ मागे।
विधानसभा परिसरमा बीआर अम्बेडकरको प्रतिमा मुनि बसेर प्रदर्शन गर्दै भाजपा विधायकहरूले तृणमूल कंग्रेस सरकारमाथि उत्तर बंगालका हरेक मानिसहरूलाई हरेक क्षेत्रमा उपेक्षित गरेको आरोप लगाए। प्रदर्शनकारीहरूले हातमा सलाइनका बोतलहरू बोकेर राज्य सकारको विरोधमा नाराबाजी गरे।
भाजपा विधायक शंकर घोष जसले यस प्रदर्शनको नेतृत्व गरिरहेका थिए,- ले भने, उत्तर बंगालमा स्वास्थ्य सुविधाहरू यतिसाह्रो कमजोर किन छ? सम्पूर्ण स्वास्थ्य तन्त्र आईसीयूमा छ जसबाट त्यहाँका मानिसहरू चिन्तित, हैरान छन्। हामी मुख्यमन्त्रीसित यसमा जवाफ चाहन्छौं।
शंकर घोष उत्तर बंगालको सिलगढ़ी विधानसभा क्षेत्रका विधायक हुन्। उनले आरोप लगाए, उत्तर बंगालमा हृदय रोग तथा न्यूरोलजीका रोगीहरूको निम्ति उपचारको उचित व्यवस्था छैन। उनले प्रश्न तेर्साए, त्यहाँ डायलिसिसको सुविधा किन छैन? मुख्यमन्त्री यसमा किन मौन छन्?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा