गान्तोक, 17 मार्च (हि.स.)। नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक एवम् राज्य विद्युत विभागका सल्लाहकार सञ्जीत खरेलले आज भारत सरकारको ऊर्जा मन्त्रालयमा आयोजित एक महत्वपूर्ण बैठकमा सहभागिता जनाए। यस क्रममा उनले मन्त्रालयका संयुक्त सचिव सशांक मिश्रा र उप सचिव अर्बिन्द कुमारसँग श्रम शक्ति भवनमा भेट गरे।
यस भेटको क्रममा विधायक खरेलले संयुक्त सचिव र उपसचिवसँग उर्जा मन्त्रालय अन्तर्गत विभिन्न प्रकारका मुद्दाहरूमाथि छलफल गरे।बैठक सकारात्मक रहेको तथा उत्पादक परिणामहरू प्राप्त भएको बताइएको छ। सल्लाहकार र ऊर्जा मन्त्रालयका अधिकारीहरूले महत्वपूर्ण मुद्दाहरूलाई सफलतापूर्वक सम्बोधन गरे र भविष्यको प्रगतिको लागि मार्गचित्र तयार गरे। बैठकको सफलताले समग्र क्षेत्रलाई फाइदा पुर्याउँदै विद्युत क्षेत्रमा महत्वपूर्ण विकासको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / प्रदीप