सिलगढ़ी, 17 मार्च (हि. स.)। सिलगढ़ी नगर निगमका डिप्टी मेयरमाथि आक्रमण गरेको आरोपमा सिलगढ़ी थानाको पुलिसले थप दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूमा सुधाकर चौधरी र विशाल नन्दी सामेल छन्। यस मामिलामा अहिलेसम्ममा चारजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ।
उल्लेखनीय छ, डिप्टी मेयर रञ्जन सरकारमाथि गत शनिवार साँझ हिलकार्ट रोडमा केही युवकहरूले वाहनलाई रोकेर आक्रमण गरेका थिए। यस अवधि कथित रूपमा उनको ज्यान लिने प्रयास पनि गरिएको थियो। घटनापछि डिप्टी मेयरले शनिवार पुलिसलाई मौखिक रूपमा अवगत गराइएको थियो। त्यसपछि गए आइतवार सिलगढ़ी थानामा लिखित सिकायत दर्ता गरियो।
सिकायतको आधारमा मामिलाको जाँच गर्दै पुलिसले ट्यूमल पाड़ाबाट पहिला नै दिव्येन्दु दास अनि विजय शर्मालाईपक्राउ गरिसकेको छ। यी दुई आरोपीसित जाँचबुझ गरेपछि गए आइतवार राती सुधाकर र विशाललाई पक्राउ गरियो। सिलगढ़ी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा