नयाँ दिल्ली, 17 मार्च (हि.स.)। दूरसंचार विभाग (डीओटी)-ले 5जी इनोभेशन ह्याकाथन- 2025 घोषणा गरेको छ। यो 6 महिनासम्म जारी रहनेछ जसको उद्देश्य सामाजिक र औद्योगिक चुनौतीहरूको समाधानको लागि अभिनव 5जी संचालित समाधानहरूको विकामा तीव्रता ल्याउनु हो। यो विद्यार्थी, स्टार्टअप तथा पेशावरहरूको लागि खुल्ला छ। यसमा विजेतालाई 5 लाख रुपियाँसम्मको प्रथम पुरस्कार दिइनेछ।
संचार एवं सूचना प्रौद्योगिकी मन्त्रालयले सोमवार जारी बयानमा बतायो, यो ह्याकथनले एआई-संचालित नेटवर्कको रखरखाउ, आईओटी-सक्षम समाधान, 5जी प्रसारण, कृषि, स्मार्ट स्वास्थ्य, औद्योगिक स्वचालन, गैर-स्थलीय नेटवर्क, डी2एम, वी2एक्स तथा क्वान्टम संचार जस्ता प्रमुख 5 जी अनुप्रयोगहरूमाथि केन्द्रित प्रस्तावलाई आमन्त्रित गर्दछ। विद्यार्थी स्टार्टअप औ पेशावरहरूको लागि आयोजित यो कार्यक्रम मेन्टरशिप, फण्डिंग र 100 भन्दा अधिक 5जी यूज केस ल्याब्ससम्म पहुँच प्रदान गर्दछ जसबाट प्रतिभागीहरूलाई दूरदर्शी विचारहरूलाई तकनिकमा परिवर्तन गर्नमा मद्दत मिल्छ।
मन्त्रालय अनुसार यसको लागि 15 मार्चदेखि 15 अप्रेल, 2025-सम्म प्रस्ताव प्रस्तुत गरिनेछ, 01 अक्टोबर, 2025-मा अन्तिम विजेताहरूको घोषणा गरेपछि हरेक दुई सप्ताहमा प्रगति रिपोर्ट तथा एक केन्द्रिकृत ट्र्याकिंग ड्याशबोर्डको माध्यमबाट कार्यक्रमको लक्ष्यलाई पूरा गरिनेछ। यस अन्तर्गत प्रतिभागीहरूलाी वास्तविक दुनियाँका समस्याहरू हल गर्नको लागि नेटवर्क स्लाइसिंग, सेवाको गुणस्तर एवं कल-फ्लो परिदृश्य जस्ता 5 जी सुविधाहरूको लाभ उठाउनको लागि प्रोत्साहित गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा