कोकाकोलाले अमेरिकाका दुई प्रान्तबाट 10 हजारभन्दा धेरै क्यान फिर्ता मगायो
कोकाकोलाले अमेरिकाका दुई प्रान्तबाट 10 हजारभन्दा धेरै क्यान फिर्ता मगायो


वाशिङ्गटन, 26 मार्च (हि.स.)। कोका-कोलाले संयुक्त राज्य अमेरिकाका दुई प्रान्त इलिनोइस र विस्कोन्सिनबाट आफ्ना 10,000 भन्दा धेरै क्यानलाई बजारबाट फिर्ता लिएको छ। इलिनोइस मिसिसिपी नदी र विस्कोन्सिन ग्रेट लेक्सको किनारमा स्थित छ। कोकाकोला निर्माता कम्पनी रेयेस कोकाकोला बटलिङले यसमा प्लास्टिक संदूषणको आशंकाको कारण यसलाई बजारबाट फिर्ता लिने फसेला गऱ्यो। एबीसी न्यूज च्यानलले यस विषयमा यो जानकारी दियो।

यूएसए फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनको रिपोर्ट अनुसार, 24 मार्चमा यूएस खाद्य एवं औषधि प्रशासनले आधिकारिक रूपमा भनेको छ, यी क्यानहरूको उपयोगले स्वास्थ्यमाथि प्रतिकूल असर पर्नसक्थ्यो। परीक्षणमा कोकाकोला ओरिजिनल टेस्टको 86412 काउन्ट प्याक प्रभावित भएको छ।

रेयेस कोकाकोला बटलिङका प्रवक्ताले मंगलवार एक बयानमा यी क्यान फिर्ता मगाइएको पुष्टि गरे। प्रवक्ताले भने, यो क्यान हाम्रो उच्च गुणवत्ता मानकहरूमा सफल भएनन्। हाम्रो निम्ति सबैभन्दा महत्वपूर्ण मानिसहरूलाई उच्च गुणवत्ताको पेय उत्पाद उपलब्ध गराउनु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande