भूकम्पका कारण म्यानमारमा हालसम्म 700 जनाको मृत्यु
भूकम्पका कारण म्यानमारमा हालसम्म 700 जनाको मृत्यु


बर्मा, 29 मार्च (हि.स.)। म्यानमारमा शुक्रवार गएको भूकम्पमा मृत्यु हुनेको संख्या लगभग 700 पुगेको छ। हालसम्म म्यानमार सरकारले 694 जनाको मृत्यु भएको पुष्टि गरेको छ। जताततै लाशहरू छरिएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, यो भूकम्प दश किलोमिटर गहिराइमा आएको थियो। भूकम्पको केन्द्रबिन्दु मान्डले शहरबाट लगभग 17.2 किलोमिटर टाडा रहेको बताइएको छ।

चीनको समाचार एजेन्सी शिन्हुआका अनुसार, म्यानमारमा हालसम्म 694 जनाको मृत्यु भएको पुष्टि भएको छ। भग्नावशेष निरन्तर हटाइँदैछ। यसैबीच, म्यानमारको सीमासँग जोडिएको दक्षिणपश्चिमी युनान प्रान्तमा शनिवार पनि भूकम्पको धक्का महसुस गरियो। यद्यपि, त्यहाँबाट कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको समाचार छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande