बर्मा, 30 मार्च (हि.स.)। केही दिन अगाड़ी आएको भूकम्पको डर म्यान्मारका मानिसहरूको मन-मस्तिष्कमा छाएको छ। स्थिति यस्तो छ कि कतै फेरि भूकम्प आउछ कि भन्ने डरले लाखौं मानिसहरूले शनिवार राति सड़कहरूमै रात बिताए। भूकम्पको कारण सड़क र अस्पताल आदिलाई भारी नोक्सान पुग्दा जन-जीवन अस्त-व्यस्त छ। मानिसहरूसम्म राहत सामग्री पुग्न सकिरहेको छैन।
यूएन अफिस फर कोअर्डिनेशन अफ ह्यूमेनिटेरियन अफेयर्स अनुसार घरहरूमा भएको नोकसान र भूकम्पको झटकाहरूको डरले मानिसहरू आफ्नो घर पस्न सकिरहेका छन्। यस्तो स्थितिमा उनीहरूले घर बाहिर नै रात बिताए। अर्कोतिर, भारतबाट पठाइएको 15 टन राहत सामग्रीको भूकम्प पीड़ितहरूलाई बाड्नु शुरू गरिएको छ। उल्लेख्य, म्यान्मारमा आएको भूकम्पले कम्तीमा 1600 जनाको मृत्यु भएको छ भने लगभग 3400 भन्दा धेरै मानिसहरू घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी