ईटानगर, 31 मार्च (हि.स.)। चीन र म्यान्मारको सीमासित लागेको पूर्वोत्तर राज्य अरूणाचल प्रदेशको शि योमी जिल्ला र वरपरका क्षेत्रहरूमा सोमवार दिउँसो 2.38 बजी हल्का भूकम्प आयो। रिक्टर स्केलमा भूकम्पको तीव्रता 3.5 मापियो। यद्यपि, भूकम्पले कोही हताहत वा अन्य क्षति भएको कुनै खबर छैन।
भारतीय सिस्मोलोजी विज्ञान केन्द्रद्वारा जारी सूचना अनुसार, सोमवार 2.38 बजी आएको भूकम्पको केन्द्र अरूणाचल प्रदेशको शि योमी जिल्लामा 28.88 डिग्री उत्तरी अक्षांश र 94.34 डिग्री पूर्वी देशान्तरमा 10 किमीको गहराईमा थियो।
छिमेकी देश म्यान्मारमा पछिल्ला दिनमा दुई शक्तिशाली भूकम्प आएदेखि पूर्वोत्तरका राज्यहरूमा हल्का भूकम्पको झटका महसूस गरिँदैछ, जसले गर्दा स्थानीय मानिसहरूमा भयको माहोल छ।
हिन्दुस्थान समाचार / भवानी थामी